अजोड इन्स्योरेन्सको शेयर कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

अजोड इन्स्योरेन्सको शेयर कारोबार सुरु



काठमाडौं । सूचीकृत भएको सातादिनपछि अजोड इन्स्योरेन्सको शेयर कारोबार भएको छ । अजोडले साउन १३ गतेदेखि कारोबार सुरु हुने गरि साउन १२ गते शेयर सूचीकृत गराएको थियो ।

सूचीकृत भई कारोबार खुला भएको चौंथो कारोबार दिन आइतवार भने यस कम्पनीको प्रि ओपनिङ सेसनमा कारोबार भएपछि निरन्तर कारोबारका लागि बाटो खुलेको हो ।

प्रि ओपनिङ सेसनमा यो कम्पनीको रू. २९१ मा १३० कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यस दिन रू. २९१ खुला मूल्य रहेको कम्पनीको शेयरमूल्य अधिकतम रू. ३२० सम्म मूल्य पुगेको छ ।

प्रकाशित : १८ श्रावण २०७७, आईतवार १२:३८