सनराइजमा सहमति, सीईओमा पौडेल कै निरन्तरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइजमा सहमति, सीईओमा पौडेल कै निरन्तरता



काठमाडाै । सनराइज बैंकमा देखिएको विवाद साम्य भएको छ । बिहीबार बसेको सञ्चालक समिति (बोर्ड) बैठकमा ७ जना सञ्चालकहरुले कुनै विवाद नरहेको निर्णय गर्दै बैंकलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेका छन् ।

एक साताअघि शैलेन्द्र गुरागाँईं, मालचन्द्र दुगड, बच्चाराज तातड र ओमकृष्ण जोशी समुहले बैंकका अध्यक्ष मोतीलाल दुगड र सीईओ जनकराज शर्माको राजीनामा मागेसँगै बैंकमा विवाद देखिएको थियो । सञ्चालकहरुबीचको विवादका कारण चेपुवामा सीईओ पौडेलसमेत परेका थिए ।

सञ्चालकहरुबीचको विवादले बैंक जोखिममा पर्ने सक्ने भन्दै नियमन निकाय नेपाल राष्ट्र बैंकले आइतबार सञ्चालकहरुलाई राष्ट्र बैंकमा बोलाएर छलफलसमेत गरेको थियो । सञ्चालकहरुको विवाद मिलाएर सहमति गर्न राष्ट्र बैंकले सनराइजका सञ्चालकहरुलाई निर्देशनसमेत दिएको थियो । बोर्ड र व्यवस्थापन मिलेर बैंकलाई अझ बलियो बनाएर लैजाने ७ जनाबीच नै सहमती भएको बैंक स्रोतले जानकारी दिए ।

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार ०८:०२