काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । असारको पहिलो साताबाट आईपिओ निष्काशन गरेको अजोड इन्स्योरेन्सले आईपिओ प्रक्रिया पूरा गरी नेप्सेमा सूचिकृत गरेको हो ।
कम्पनीमा कूल ७० करोड संस्थापक शेयर ३० करोड रुपैयाँको साधारण शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचिकृत भएको शेयर मंगलबारबाट नेप्सेमा कारोबार हुने अजोड इन्स्योरेन्सले जनाएको छ ।
अजोडको शेयर न्यूनतम ९७ रुपैयाँ देखि अधिकतम २९१ रुपैयाँसम्म कारोबार हुने जनाइएको छ ।
निर्जीवन बीमा क्षेत्रका कम्पनीहरुको औसत शेयरमूल्य नै उच्च रहेको तथा नयाँ कम्पनीको रुपमा आएको अजोडमा शेयर पर्ने लगानीकर्ताले समेत उच्च प्रतिफल प्राप्त गर्ने सम्भावना देखिन्छ ।
अजोड इन्स्योरेन्सको आईपीओमा २ लाख ७३ हजार भाग्यमानी लगानीकर्ताले दश कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।
Comment