असन र महाबौद्धमा कोरोनाको त्रास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

असन र महाबौद्धमा कोरोनाको त्रास



काठमाडौं । राजधानीको असन तथा महाबौद्धमा व्यापार गर्ने एकै परिवारका पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरिएको छ । त्यहाँ कोरोना परीक्षणलाई व्यापक बनाइने भएको समाचार गोरखापत्र दैनिकमा छ ।

शहीद शुक्रराज अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले भारत सीतामणिबाट फर्कनुभएका एकै परिवारका पाँच जनामा कोरोना देखिएको बताए । उनले छोरी, बाबुआमा, भाइ र छोरीको छोरालाई कोरोना सङ्क्रमण देखिएको बताए ।

गएको बिहीबारदेखि सो परिवारको परीक्षण सुरु भएको थियो । सङ्क्रमितहरूको उमेर ८ वर्षदेखि ६० वर्ष रहेको छ । सङ्क्रमित सबैलाई अहिले टेकुस्थित शहीद शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । सुरुमा भाइलाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो । पछि परिवारलाई समेत परीक्षण गर्दा कोरोना देखिएको हो ।

डा। राजभण्डारीले उनीहरू असन र महाबौद्धको बीचतिर व्यापार गर्ने व्यक्ति भएको र पछिल्लो समय उनीहरूले हाल पसल नखोलेको जानकारी आएको उल्लेख गरे । उनीहरूलाई कोरोना पोजेटिभ देखिएपछि वरपरका ५८ जना स्थानीय तत्काल परीक्षण गरिदिनुप¥यो भन्दै टेकु पुगेका थिए । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खतरामा परेकाहरूको स्थानीय तहमै आएर परीक्षण गर्ने आश्वासन दिएर पठाएको थियो ।
सोमबारबाट भने महाबौद्ध क्षेत्रका स्थानीयले त्यस क्षेत्रका पसल बन्द गराएका छन् ।

प्रकाशित : 28 July, 2020 7:39 am