अजोड इन्स्योरेन्सको आईपिओ स्टक एक्सचेन्जमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

शेयर बजार

अजोड इन्स्योरेन्सको आईपिओ स्टक एक्सचेन्जमा सूचिकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । असारको पहिलो साताबाट आईपिओ निष्काशन गरेको अजोड इन्स्योरेन्सले आईपिओ प्रक्रिया पूरा गरी नेप्सेमा सूचिकृत गरेको हो ।

कम्पनीमा कूल ७० करोड संस्थापक शेयर ३० करोड रुपैयाँको साधारण शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचिकृत भएको शेयर भोलिबाट नेप्सेमा कारोबार हुने अजोड इन्स्योरेन्सले जनाएको छ ।

अजोडको शेयर न्यूनतम ९७ रुपैयाँ देखि अधिकतम २९१ रुपैयाँसम्म कारोबार हुने जनाइएको छ ।

निर्जीवन बीमा क्षेत्रका कम्पनीहरुको औसत शेयरमूल्य नै उच्च रहेको तथा नयाँ कम्पनीको रुपमा आएको अजोडमा शेयर पर्ने लगानीकर्ताले समेत उच्च प्रतिफल प्राप्त गर्ने सम्भावना देखिन्छ ।

अजोड इन्स्योरेन्सको आईपीओमा २ लाख ७३ हजार भाग्यमानी लगानीकर्ताले दश कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार २०:१६ 27 July, 2020 8:16 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।