नेप्सेमा १ सय ९० कम्पनीको १ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेप्सेमा १ सय ९० कम्पनीको १ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार



काठमाडौं । यो साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार २२.१७ अंकले बढेर १४६४.८८ को विन्दुमा पुगेको छ । कारोबारमा आएका १२ उपसूमह मध्ये दुई बाहेक अरु सबै उपसूचकमा बृद्धि भएपछि समग्रमा बजार बढेको हो । हाइड्रोपावर र म्यूचुअल फन्ड समूहको उपसूचकमा गिरावट आएको छ ।

आज कारोबार पनि झन्डै २ अर्बको हाराहारीमा भएको छ । १ सय ९० कम्पनीको १ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसमा सबैभन्दा धेरै कारोबार नेपाल लाईफ इन्स्योरेन्सको भएको छ । इन्स्योरेन्सको २५ करोड ८१ लाख रुपैयाँ बराबरको भएको छ । त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । बैंकको शेयर मूल्यमा ९.९७ प्रतिशतले बढेको छ भने बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । फाइनान्सको शेयर मूल्यमा भने ६.५४ प्रतिशतले गिरावट आएको छ ।

प्रकाशित : ११ श्रावण २०७७, आईतवार १५:१८