अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारा एनआईबिएल एस क्यापिटल नियुक्त गरेको छ ।

अब कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलबाट हुने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

कम्पनीले हालै कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरिसकेकाे छ ।

कम्पनीले त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा गरेको थियाे ।

इन्स्योरेन्सको आईपीओ असार २५ गतेदेखि छिटोमा २९ गतेसम्म बिक्री खुला आईपीओ बाँडफाँटसमेत भइसकेकाे लिष्टङ हुन भने बाँकी रहेकाे छ ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुगेकाे छ । त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा भएकाे छ ।

प्रकाशित : 26 July, 2020 12:27 pm