एनआरएन इन्फ्रास्टक्चरको आइपिओ १६ गतेदेखि निश्कासन हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ १६ गतेदेखि निश्कासन हुँने



काठमाडाै । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण शेयर (आइपिओ) साउन १६ गते निश्कासन हुने भएको छ ।

प्रतिशेयर एक सय अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ ।

लगानीकर्ताले छिटोमा साउन २१ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस समयभित्र सबै शेयर बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कति आवेदन दिने ?

लगानीकर्ताको पर्खाइमा र रोजाइमा रहेको यस कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता आवेदन दिँदा राम्रो हुन्छ । माग भन्दा धेरै आवेदन पर्ने हुनाले १० कित्ता मात्रै आवेदन दिँदा हुन्छ ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार ११:३४