नबिल बैंकका कर्मचारीलाई ७ महिनाको बोनस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकका कर्मचारीलाई ७ महिनाको बोनस



काठमाडाै । नबिल बैंकले आफ्ना कर्मचारीलाई ७ महिनाको बोनस वितरण गरेको छ। केहि बाणिज्य बैंकले आर्थिक वर्षको अनुमानित नाफाबाट १ महिनाको तलब बराबरको बोनस खातामा पठाएपनि नबिल बैंकले ७ महिनाको पठाएको हो।

सानिमाले एक महिनाको तलब बराबरको बोनस कर्मचारीको खातामा हालेपनि नबिलले ७ महिनाको खातामा पठाएको हो।

नबिलले आफ्ना उच्च तहमा कार्यरत कर्मचारीलाई ५ महिनाको मात्रै बोनस खातामा पठाएको छ। बैंकले कम तलब हुने कर्मचारीलाई ८ महिना र धेरै तलब हुनेलाई ६ महिना बराबरको बोनस हालेको बैंकले जनाएको छ।

नबिल बैंकले अघिल्लो आर्थिक बर्षको नाफाको आधारमा यस आर्थिक बर्ष आफ्ना कर्मचारीलाई बोनस बाँडेको हो। बैकले वितरणयोग्य नाफा अगाडीको नाफाबाट आफ्ना कर्मचारीलाई १० प्रतिशत बोनस वितरण गर्नुपर्ने प्राबधान छ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार ०८:३४