काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ पुनरकर्जा कार्यविधी २०७७ जारी गरेको छ । मंगलवार एक सूचना निकाल्दै राष्ट्र बैंकले उक्त कार्यविधि जारी गरेको हो ।
राष्ट्र बैंकले गत हप्ता चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै पुनरकर्जाको सिमा बढाउने लगायतका घोषणा गरेको थियो । सोही अनुसार साविकको कार्यविधिलाई परिमार्जन गर्दै नयाँ कार्यविधि ल्याइएको हो ।
मौद्रिक नीतिमा भनेअनुसार पुनरकर्जा कोषको सिमा ५ प्रतिशतले बढाउने गरिने कार्यविधि ल्याइएको छ । तर, कोरोनाको असर कम हुदैं गएपछि त्यो सिमा घटाउँदै लैजाने कार्यविधिमा उल्लेख छ ।
यस्तै घरेलु, साना तथा मझौला उद्यम पुनरकर्जा, बिशेष पुनरकर्जा र साधारण पुनकर्जा गरेर ३ प्रकारको पुर्नकर्जा प्रदान गरिने राष्ट्र बैंकको भनाइ छ । साधारण पुनरकर्जामा ग्राहकलाई ३ प्रतिशत व्याजदर तोकिएको छ भने अन्य पुनरकर्जामा ५ प्रतिशत व्याजदर निर्धारण गरिएको छ । पुनरकर्जाको अवधी भने १ बर्षको मात्रा हुने बताइएको छ
।
Comment