लिबर्टी ईनर्जी कम्पनीको आइपिओ बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लिबर्टी ईनर्जी कम्पनीको आइपिओ बिक्री खुला



काठमाडाै । लिबर्टी ईनर्जी कम्पनीले आज साउन ७ गते बुधबारबाट पुन: आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपिओ खुला गरेको हो ।

यस अघि कम्पनीले फागुन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले अति प्रभावित, कम प्रभावित र प्रभावित गरी ३ तहमा गरी स्थानियलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। तर लकडाउनको कारण बिचैमा आईपिओ स्थगित भएपछि लकडाउन अन्त्य भएपछि पुन: निष्काशन गरिएको हो ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार १०:४०