बन्दाबन्दी खुल्याे , कुन मितिदेखि के खुल्छ के खुल्द‌ैन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बन्दाबन्दी खुल्याे , कुन मितिदेखि के खुल्छ के खुल्द‌ैन ?



काठमाडौ । सरकारले लकडाउन ( बन्दाबन्दी ) अन्त्य गर्ने निर्णय गरेको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज ६ गतेदेखि लागु हुने गरि लकडाउन अन्त्य गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।

त्यस्तै सरकारले कुन मितिदेखि के के खुल्ने भन्ने निर्णय पनि गरेको छ । जस अनुसार साउन १५ गतेदेखि होटेल तथा रेस्टुरेन्ट खुल्न पाउने छन् । तर सामुहिक भोज  र पार्टी भने गर्न पाइने छैन । त्यस्तै साउन १५ देखि नै ट्रेकिङ, पदयात्रा, पर्वतारोहण लगायतका व्यवसाय  संचालन गर्न र त्यसको लागि बुकिङ गर्न सकिने भएको छ ।

त्यस्तै भदौ १ गतेदेखि छोटो, मध्यम, र लामो दुरीको सार्वजनिक सवारी संचालन गर्न दिने निर्णय सरकारले गरेको छ । त्यस्तै आन्तरिक र अन्तराष्ट्रिय उडान पनि भदौ १ गते देखि संचालन हुने भएको छ । साथै विद्यार्थी भर्ना र परीक्षा संचालन पनि भदौ १ बाट सुरु गर्न सकिने भएको छ । खेलहरु र अन्तराष्ट्रिय प्रशिक्षण पनि भदौ १ देखि नै गर्न दिने सरकारले निर्णय गरेको छ ।

यी सबै कार्य गर्दा सुरक्षा मापदण्ड भने अपनाउनु पर्ने निर्णय सरकारले गरेको छ । सरकारले अर्को सूचना जारि नभएसम्म शैशिक संस्था, प्रदर्शनी, सिनेमा, डान्स बार, सलुन, स्पा, जिम, स्विमिङ पुल, खेलकुद, सामुहिक रुपमा हुने धार्मिक र   सामाजिक कार्य तथा चिडियाखाना बन्द रहने बताएकाे छ ।

प्रकाशित : ६ श्रावण २०७७, मंगलवार १९:५१