रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन ११ गतेको लागि साधारण सभा बोलाएको छ ।


इन्स्योरेन्सको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले साउन ११ गते साधारण सभा बोलाउने निर्णय गरेको हो ।


साधारण सभामा सर्वसाधारणमा साधारण सेयर (आइपीओ जारी गर्ने ) प्रस्ताव लैजाने भएको छ ।


यस्तै साधारण सभामा सञ्चालक समितिको दोस्रो बार्षिक प्रतिवेदन उपर छलफल गरेर पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आव २०७४÷७५ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु उपर छलफल गरी पारीत गर्ने कार्यक्रम रहेको छ ।


कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०७५÷७६ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक नियूक्तिको अनुमोदन गर्ने र संचालकहरुको स्वदेश तथा बिदेश भ्रमण भत्तारखर्च तोक्ने कार्यक्रम रहेको छ ।

उक्त साधारण सभा मेरियट होटल नक्सालमा दिनको १ बजेबाट सुरु हुने छ।

प्रकाशित : ६ श्रावण २०७७, मंगलवार १२:०१