जथाभावी पुँजी बढाएर बैंकहरुलाई फोर्स मर्जरमा लैजानु हुँदैनः महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जथाभावी पुँजी बढाएर बैंकहरुलाई फोर्स मर्जरमा लैजानु हुँदैनः महत



काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले बैंकहरुलाई फोर्स मर्जरमा लैजानु नहुने बताएका छन् । बिहीबार कांग्रेसको आर्थिक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै महतले वित्तीय स्थायित्व र आर्थिक वृद्धि हासिल गर्नका लागि मद्दत पुग्ने किसिमको मौद्रिक नीति केन्द्रीय बैंकले तर्जुमा गर्नुपर्ने बताए ।

डा. महतले बैंकहरुलाई प्रोत्साहन गरेर मर्ज गर्नुपर्ने बताए । उनले वित्तीय स्थायित्व, ब्याजदर स्थायित्व, मुद्रास्फिति कन्ट्रोल, आर्थिक वृद्धिदर हासिलमा सहयोग, रोजगारी सिर्जनामा मद्दत पुर्याउनु खालेको मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव दिए ।

महतले उद्योगी-व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउनका लागि पुनरकर्जा कोषको आकार बढाएर २ खर्ब भन्दा माथि बनाउनु पर्ने उनको भनाई छ ।

अहिले २ खर्बको बनाउने भन्ने विषयमा छलफल भइरहेको भन्दै उनले यसलाई २ खर्ब भन्दा पनि बढी बनाउनु पर्ने बताएका हुन् ।

उनले यस्तो कर्जा ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने व्यवस्था पनि मौद्रिक नीतिले गर्नु पर्ने बताए । उनले वाणिज्य बैंकहरुमा तरतला अभाव हुने समस्या आउन नदिनका लागि पनि मौद्रिक नीतिले तर्जुमा गर्नु पर्ने बताए ।

उनले बैंकहरुको मर्जरको विषयमा जर्वजस्त गर्न नहुने बताए । जथाभावी पुँजी बढाएर बैंकहरुलाई मर्जर गर्न नहुने उनले बताए । मौद्रिक नीतिले आर्थिक पुनरुथ्थान, दीर्घकालीन आर्थिक वृद्धिलाई मद्दत गर्नुपर्यो, वित्तीय क्षेत्रको सुधार, विनिमय दरमा स्थिरता र सन्तुलन ल्याउने, भुक्तानी सन्तुलनलाई सुधार गर्ने, नियमनकारी भूमिकालाई मजबुत बनाउनु पर्ने उनको सुझाव छ । ब्याजदर घटाएर आर्थिक गतिविधि बढाउनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित : १ श्रावण २०७७, बिहीबार १५:५१