मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन एजेन्डा



काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । आइजीपी नियुक्तिबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

आजको बैठकमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा छलफल हुने बताइएको छ। हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिको कारण भोलिदेखि अवकास पाउँदैछन्।

महानिरिक्षक पदको लागि एआइजीद्वय शैलेस थापा क्षेत्री र हरीबहादुर पाल प्रतिस्पर्धामा छन्। उनीहरु मध्ये एक जना महानिरीक्षक हुनेछन्।

प्रकाशित : 7 July, 2020 11:48 am