एनएमबी बैंकलाई कञ्चन डेभलपमेन्ट बैंक प्राप्तिको बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबी बैंकलाई कञ्चन डेभलपमेन्ट बैंक प्राप्तिको बाटो खुल्यो



काठमाडाै । एनएमबी बैंक लिमीटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडलाई १००ः८५ को सेयर स्वाप अनुपातमा प्राप्तिको प्रस्ताव पारित गरेको छ ।

असार २१ गते आइतबार सम्पन्न विशेष साधारणसभाले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रस्ताव पारित गरेको हो ।

अब यो प्रस्ताव पारित भएसँगै कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडका शेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडको १०० कित्ता बराबर एनएमबि बैंक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

सुदुरपश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्तापुँजी रु. १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्ब ५ करोड पुग्नेछ । साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८ पुग्नेछ । बैंकको सुदुरपश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ ।

प्रकाशित : 5 July, 2020 8:53 pm