बीमा कम्पनीहरुलाई समितिको नयाँ निर्देशन, बीमा पोलिसीबाट कर्जा लिन कडाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा कम्पनीहरुलाई समितिको नयाँ निर्देशन, बीमा पोलिसीबाट कर्जा लिन कडाई



काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई नयाँ निर्देशन जारी गरेको छ । समितिले बीमालेखबाट कर्जा लिन पाउने मौजुदा व्यवस्थालाई कडाई गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमायस अघि एकल बीमा गरेको १ महिना र सावधिक बीमा गरेको १ बर्षमा बीमितहरुले समर्पण मुल्य कर्जा पाउँदै आएकोमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा एक सकुर्लर जारी गर्दै त्यसलाई रोकेको छ ।

समितिका अनुसार अबका दिनमा एकल बीमामा बीमा गरेको एक बर्ष र साबधिक बीमामा बीमा गरेको दुई बर्ष पछि मात्रै बीमितहरुले बीमा लेख धितोमा राखेर कर्जा पाउने छन् ।

प्रकाशित : १८ असार २०७७, बिहीबार ०८:५३