काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।
हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ३ हजार १९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
जसमा पछिल्लो २४ घण्टामा मात्रै ६० जना उपचारपछि निको भएका छन् ।
हाल आइसोलेसनमा १० हजार ३४१ कोरोना संक्रमित छन् भने क्वारेन्टिनमा ५३ हजार ७० जना छन् ।
हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २९ छ ।
Comment