सेयर बजारमा ७२ अंकको उछाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारमा ७२ अंकको उछाल



काठमाडौं । सेयर बजारमा उछाल आएपछि सोमबार सर्किट लागेको छ । सेयर बजार ६ प्रतिशत अर्थात ७२ अंकले बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सर्किट लगाएको हो बजार सर्किट लागेर बजार ४० मिनेटको लागि सेयर कारोबार बन्द भएको छ

। सोमबार ५० अंकले बजार घटेपछि सर्किट लागेको थियो । पछि बजार सम्हालिएर १२ अंकले मात्र घटेको थियो । मंगलबार शेयर बजार ७२.०५ अंकले बढेर १२६०.७५ अंकमा उक्लिएको छ। २२ करोड ७२ लाख रुपैयाँमा ४ लाख ८९ हजार कित्ता शेयर किनबेच भएका छन्।

नागरिक लगानी कोष, एसियन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ।

त्यसैगरी साल्ट ट्रेडिङ कम्पनी, विजय लघुवित्त, हिमालयन डिस्टिलरी र साना किसान विकास बैंकको शेयर पनि करिब १० प्रतिशतले नै बढेको छ।

मंगलबार कारोबार भएका १३४ कम्पनीमध्ये २२ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। १३ वटा कम्पनीको मूल्य घट्दा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी र ओरियन्टल होटलको को शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ।

प्रकाशित : १६ असार २०७७, मंगलवार १४:१४