पैसाको जोहो गर्नुस् ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन हुँदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

पैसाको जोहो गर्नुस् ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन हुँदै छ



काठमाडाै । साधना लघुवित्तले आगामी असार २१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले न्युनतं १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

आवेदन दिनको लागि छिटोमा असार २४ र सो समयसम्म पर्याप्त आवेदन नपरे ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने छन् । इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । आईपिओ निष्काशनको लागि कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ०९:०४