आईएमएफ भन्छ – अर्थव्यवस्थामा सुरुको अनुमानभन्दा बढी असर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आईएमएफ भन्छ – अर्थव्यवस्थामा सुरुको अनुमानभन्दा बढी असर



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने बताएको छ ।

आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो ।
कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको असर विश्वभरको अर्थव्यवस्थामा असर परिरहेको छ ।

सामाजिक दुरी कायम गर्ने नियमका कारण धेरै व्यक्तिहरु घर बाहिर निस्किएका छैनन् । जसका कारण उनीहरुका माग पनि कम छन् । त्यसको सीधा असर अर्थव्यवस्थामा परिरहेको छ ।

प्रकाशित : 25 June, 2020 8:38 am