तिन ब्रोकर कम्पनीको यस्ताे बदमासी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तिन ब्रोकर कम्पनीको यस्ताे बदमासी



काठमाडौं  । मंगलबार ३ ब्रोकर कम्पनी (क्रिष्टल कंजनजंघा सेक्यूरिटिज प्रा.लि., कालिका सेक्यूरिटिज प्रा.लि. र प्राइमो सेक्यूरिटिज प्रा.लि.) नेपाल धितोपत्र बोर्डको छड्के अनुगमनमा परेका छन ।

गत माघदेखि दोस्रो बजारमा धितोपत्र कारोवारको राफसाफ तथा नामासारी स्वचालित प्रणाली मार्फत् शुरुभए पश्चात् खरिद भएका धितोपत्र (सेयर) को फछ्र्याैट (भुक्तानी) कारोवार भएको टि + ३ अर्थात् चौथो दिनमा हुनुपर्नेमा सो हुन नसकिरहेको गुनासाहरु बोर्डमा प्राप्त भएपछि बोर्डले यथार्थता बुझ्न मंगलबार ति ३ ब्रोकर मार्फत् भएका कारोवारको रकम फछर्यौटको स्थलगत निरीक्षण गरेको थियो । निरिक्षणका क्रममा यी ३ धितोपत्र दलाल व्यवसायीहरुले ग्राहकलाई तोकिएको समयावधिमा भुक्तानी गर्न नसकेको देखिएको बोर्डले प्रेश–बिज्ञप्ती मार्फत सार्वजानिक गरेको छ ।

उसले छड्केमा परेका ३ ब्रोकर कम्पनीहरुलाई अप उप्रान्त यस्तो नगर्न भन्दै अन्तिम पटकको लागी माफी दिएको छभने अरु अन्य सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई समेत पूर्णस्वचालित कारोवार प्रणाली लागू भएपश्चात्को प्रत्यक्ष फाइदा ग्राहकलाई उपलब्ध हुने व्यवस्था मिलाउन सुचित गराएको जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०७२, बिहीबार ०३:१८