कोरोना कोषमा नेपाल एसबिआई बैंकद्वारा एक करोड जम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कोरोना कोषमा नेपाल एसबिआई बैंकद्वारा एक करोड जम्मा




काठमाडौं । नेपाल एसबिआई बैंक संचालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि जम्मा रु १ करोड सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागी नेपाल एसबिआई बैंकको तर्फबाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री अनुकूल भटनागर ज्यूले रु ५० लाखको चेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा माननीय उधोग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, नेपाल सरकारका सचिवहरु तथा बैंकको तर्फबाट नायव कार्यकारी तथा प्रमुख संचालन अधिकृत, शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत छबीराज पन्त उपस्थित थिए ।

यसका साथै नेपाल एसबिआई बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम रु ५ लाखको चेक हस्तान्तरण
गरिसकेको छ । साथै बाँकीको रु १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ।

बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराइरहेको छ ।

प्रकाशित : २३ बैशाख २०७७, मंगलवार २१:३४