लकडाउन सुरु भएयता २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लकडाउन सुरु भएयता २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात



काठमाडौं । लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो ।

मन्त्रालयका अनुसार लकडाउनको पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्ता आयात वृद्धि भएको छ । तेस्रो हप्तामा खाद्यान्न, दुग्धजन्य पदार्थ र तयारी औषधिको आयात बढेको छ ।

दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात घटेको छ । सबैभन्दा धेरै दुग्धजन्य पदार्थको आयात बढेको छ ।

त्यसपछि तयारी औषधि र खाद्यान्नको आयात बढेको छ । तर फलफूल, दलहन,तरकारी र औषधिको कच्चा पदार्थको आयात भने घटेको छ ।

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेकाले गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयात निर्यात ठप्प छ ।

प्रकाशित : ११ बैशाख २०७७, बिहीबार १७:४१