लकडाउनको अवरोधका बीच चैत महिनामा २५ अर्ब रुपैयाँ राजस्व संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लकडाउनको अवरोधका बीच चैत महिनामा २५ अर्ब रुपैयाँ राजस्व संकलन




काठमाडौं । आन्तरिक राजस्व विभागले चैत महिनामा २५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालू आर्थिक वर्षको नौ महिनामा विभागले दुई खर्ब ८१ रुपैयाँ राजस्व संकलन गरेको हो ।

गत वर्षको तुलनामा २५ प्रतिशत बढी राजस्व असुल गर्ने लक्ष्य लिएको विभागलाई लकडाउने राजस्व असुलीमा अवरोध गरिरहेको छ ।

लकडानका कारण यही चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले कर तथा कर विवरण बुझाउने म्याद वैशाखसम्म थप गरेको छ ।

कर बुझाउने अवधि थपिएको भएपनि अहिले अनलाइनबाट कर तिर्ने क्रम जारी रहेको विभागले जनाएको छ ।

विभागका अनुसार अहिले हजार ९३ करदाताले अनलाइनबाटै मूल्य अभिवृद्धि करको विवरण पेश गरेका छन् । यस्तै संशोधित आयकर ६ सय ७३ जनाले बुझाएका छन् ।

प्रकाशित : ४ बैशाख २०७७, बिहीबार १५:०५