समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा को को आए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा को को आए ?



सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा उच्च अदालत, दिपायलका पूर्व मुख्य न्यायाधीश कुमार प्रसाद पोखरेलको सहित चार व्यक्तीलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय गरेको छ ।


समितिको सदस्यमा राष्ट्रिय सहकारी महासंघले तोकेको प्रतिनिधि टिका बुढाथोकी , सहकारी क्षेत्रको विज्ञ -सदस्यमा ममता देवी शर्मा उपाध्याय र सहकारी क्षेत्रको विज्ञ -सदस्य सरस्वती देवी भट्टराई रहेका छन् । व्यवस्थापन समितिको पदाधिकारीको पदावधि नियुक्तिको मितिले बढीमा दुई वर्ष हुने तथा नेपाल सरकारले आवस्यकताअनुसार निजहरूको पदावधि बढीमा दुई वर्षसम्म थप गर्न सक्ने प्रावधान रहेको छ।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहीबार १६:२९