पाँच तारा साकोसको अभियानः हजार हातमा, खुत्रुकेको साथमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पाँच तारा साकोसको अभियानः हजार हातमा, खुत्रुकेको साथमा



काठमाडौं । पुरानो सिनामंगलमा स्थित पाँच तारा बचत तथा ऋण सहकारीले हजार हातमा, खुत्रुकेको साथमा अभियान सुरु गरेको छ ।

संस्थाले सदस्यको घरमा नवजात शिशुको आगमनको खुसियालीमा यो अभियान सुरु गरेको र नवजात शिशुको जन्ममा हजार रुपैंया खुत्रुक्केमा राखेर दिने चलन चलाएको संस्थाकी प्रवन्धक राधा कडरिया पाठकले जानकारी दिइन ।

पहिलो पटक माघ ११ गते संस्थाका सदस्य यज्ञराज सुवेदीको भर्खर जन्मिएको बालकलाई एक हजार रुपैंया र खुत्रुके दिएर शुरु गरेको उनले जानकारी दिइन ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार १४:३५