एनबी बैंकलाई राष्ट्र बैंकले लगायो डण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनबी बैंकलाई राष्ट्र बैंकले लगायो डण्डा



काठमाडौं । नेपाल राष्ट्र बैंकले एनबी बैंकलाई कारबाही गरेको छ । राष्ट्र बेंकले नेपाल बंगलादेश बैंकलाई कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै कारबाही गरेको हो ।

राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा अनिवार्य हुनुपर्ने छ । गत वर्ष एनबी बैंकले ९ प्रतिशत पनि पुर्‍याउन सकेन ।

राष्ट्र बैंकले कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना गर्ने गरेको छ । सोहि अनुसार राष्ट्र बैंकले ४ करोड जरिवाना गरेको हो ।

तर एनबी बैंकले भने गत आर्थिक वर्षमा कृषिमा मात्रै थोरै रकम नपुगेको जनाउँदै अन्य प्राथमिकताप्राप्त क्षेत्रमा भने राष्ट्र बैंकले तोकिए अनुसारको लगानी भएको बताएको छ । यसपाली भने कृषिमा पनि तोकिएको लगानी पुग्ने एनबी बैंकको दाबी छ ।

प्रकाशित : १९ माघ २०७६, आईतवार १४:२३