निक्षेप तान्न सिभिल सहकारी चोरबाटोमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

निक्षेप तान्न सिभिल सहकारी चोरबाटोमा



काठमाडाै । समस्यामा रहेको सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाले निक्षेप उठाउन चोरबाटो प्रयोग गरेको छ ।

सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाले बचतकर्ता तथा सदस्य बढाउनका लागि उपहार योजना ल्याएको छ । सो सहकारीले ‘सिभिल सुपर बम्पर उपहार योजना २०७७’ ल्याएको हो ।यस योजनामा रकम जम्मा गर्न चाहनेले २० लाख रुपैयाँ ३ वर्षे मुद्दतीमा राख्नु पर्नेछ । यदि हरेक तीन महिनामा व्याज लिन चाहनेले १२ प्रतिशत व्याजदर पाउने छन् भने १ वर्षमा व्याज दिन चाहने निक्षेपकर्ताले १३ प्रतिशत र एकमुष्ठ ३ वर्षपछि व्याज लिन चाहनेले १५ प्रतिशत व्याजदर पाउने सहकारीले जनाएको छ ।

यस बम्पर अफरमा पहिलो पुरस्कारमा धापाखेल स्थित सिभिल अपार्टमेन्टको टावर ‘ए’मा दुई बेडरुमसहितको ५६९.१६ वर्ग फिटको अपार्टमेन्ट दिइने जनाएको छ । उक्त अपार्टमेन्टको मूल्य १ करोड १३ लाख रुपैयाँ पर्ने जनाइएको छ । यस्तै दोस्रो पुरस्कारमा धापाखेलको सिभिल अपार्टमेन्टमै रहेको टावर ए अन्तर्गतको दुई बेडरुम भएको ५१९.०५ वर्ग फिटको अपार्टमेन्ट उपहार राखिएको छ । उक्त अपार्टमेन्टको मूल्य १ करोड ३ लाख ८१ हजार रुपैयाँको रहेको छ ।

तेस्रो पुरस्कारमा सोही सिभिल अपार्टमेन्टमा एउटा बेडरुम भएको ३१५.८६ वर्ग फिटको अपार्टमेन्ट राखिएको छ । सो अपार्टमेन्टको मूल्य ६९ लाख १७ हजार रुपैयाँ रहेको छ । चौथो परस्कारमा हुन्डाइको ग्रान्ड आई-१० मग्ना कार राखिएको छ । उक्त कारको बजार मूल्य ३१ लाख रुपैयाँ रहेको छ ।

पाँचौँ पुरस्कारमा एलजीको ५५ इन्चको टिभी राखिएको छ । जसको बजार मूल्य १ लाख ५२ हजार रहेको छ । छैठौँ पुरस्कारमा एलजीको रेफ्रिजेर राखिएको छ । यसको बजार मूल्य १ लाख ६ हजार रहेको छ । सातौँ पुरस्कारमा एलजीको ८ केजीको क्षमता भएको वासिङ मेसिन राखिएको छ । जसको बजार मूल्य ६५ हजार रुपैयाँ पर्ने छ । यस्तै सहकारीले २० लाखको आवधिक बचत खातामा २ ग्राम सुनको सिक्का उपहार तुरुन्तै प्रदान गर्ने जनाएको छ । यो योजना १ हजार ५ सय १ वटा आवधिक बचत खाता मात्र खाेलिने सहकारीले जनाएको छ ।

प्रकाशित : १७ पुष २०७६, बिहीबार १८:४४