५ घन्टाभित्रै ७५ लाख रुपैयाँसम्म ऋण दिन नबिल बैंकको योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

५ घन्टाभित्रै ७५ लाख रुपैयाँसम्म ऋण दिन नबिल बैंकको योजना




काठमाडौं । नबिल बैंकले ३५ घन्टाभित्रै ७५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने योजना ल्याएको छ ।

बैंकले ऋणका लागि आवेदन दिएको ३५ घन्टामै १५ देखि ७५ लाखसम्मको साना तथा मझौला ऋण उपलब्ध गराउने ‘सजिलो एक्सप्रेस’ नामको नयाँ योजना सार्वजनिक गरेको हो ।

बैंकले एक वर्षसम्म नबढ्ने गरी बढीमा साढे १० प्रतिशत ब्याजदरमा उक्त ऋण उपलब्ध गराउने पनि जनाएको छ । बैंकले ऋण प्रवाहका लागि ‘क्रेडिट स्कोरिङ मोडेल’मार्फत् मूल्यांकन गरिने पनि जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बैंक ३५ वर्ष पुगेको अवसरमा पैतिसै घन्टामा ऋण स्वीकृत गर्ने योजना ल्याएको उल्लेख गरे ।

प्रकाशित : ८ पुष २०७६, मंगलवार ०९:३२