सहकारी सञ्चालकको सम्पत्ति विवरण खोजिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी सञ्चालकको सम्पत्ति विवरण खोजिदै



काठमाडाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी सस्थाहरुले अब बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताएकी छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले उक्त कुरा बताएकी हुन् ।

सहकारी सस्थाहरु परम्परावादी ढंगले नभई प्रविधिमैत्री हुनु पर्नेमा मन्त्री अर्यालको जोड छ । सहकारी क्षेत्र पनि डिजिटलाइज हुनुपर्ने भन्दै मन्त्री अर्यालले हिजोका दिनमा एक महिना लाग्ने काम अब एक दिनमा सम्पन्न हुनेगरी प्रविधिको प्रयोग गर्न सहकारीहरुलाई आग्रह गरेकी छन् । सहकारी सस्थाहरु पनि प्रविधिमैत्री भएर बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताईन् ।

त्यसैगरी सहकारी क्षेत्रमा केही सम्भाव्य खतराहरु देखापरेको भन्दै मन्त्री अर्यालले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने बताईन् । सहकारी सस्थाको संख्या बढाउने भन्दा पनि गुणस्तरियतामा प्राथमिकता दिनुपर्नेमा भन्दै मन्त्री अर्यालले सहकारी संस्थाहरुको मर्जर हुनु पर्ने बताएकी हुन् । सहकारी धेरै भएर मात्र प्रगति नहुने भन्दै वित्तीय कारोबार बढी गर्ने संस्थाहरुबीचमा मर्जर गर्न खोजिएको मन्त्री अर्यालको भनाई छ ।

प्रकाशित : ४ पुष २०७६, शुक्रबार २०:०५