धौलागिरि लघुवित्त र आँधिखोला लघुवित्त एकआपसमा गाभिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धौलागिरि लघुवित्त र आँधिखोला लघुवित्त एकआपसमा गाभिने



काठमाडौँ । धौलागिरि लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् ।

बागलुङ जिल्लामा केन्द्रीय कार्यालय रहेको धौलागिरि र स्याङ्जा जिल्लामा केन्द्रीय कार्यालय भएको आँधिखोला एकआपसमा गाभिने सहमति भई बुधबार एमओयू भएको हो ।

दुई वित्तीय संस्था एकआपसमा गाभिने सहमति भई एमओयू भएकोले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई धितोपत्र कारोबार रोक्काको लागि पत्र पठाइएको आँधिखोलाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डोलराज केसीले जनाएका छन् ।

प्रकाशित : ३ पुष २०७६, बिहीबार १५:०४