सुत्केरीबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सुत्केरी पत्नि अस्पतालमै बन्धक, भिख माग्न थाले पति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुत्केरीबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सुत्केरी पत्नि अस्पतालमै बन्धक, भिख माग्न थाले पति



विराटनगर । सुत्केरीबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खगले विराटनगरपस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन्।

एकमहिने सुत्केरी ललिताका पति गोकुलकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन्। विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर्याइएको थियो।

पत्नीको उपचारमा अहिलेसम्म दुई लाख बढी खर्च गरिसके पनि नवजात जुम्ल्याहा मध्य एककाे मृत्यु भइसकेको र अर्की शिशुकाे घरमा अरुले नै हेरचाह गिरहे गोकुलकुमारले बताए।

प्रकाशित : २६ मंसिर २०७६, बिहीबार ०७:२८