कृषि विकास बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषि विकास बैंकको लाभांश घोषणा



काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम साधारण चुक्ता पुंजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत गरि ) कुल ३० प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै बैंकले नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयरमा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : 10 December, 2019 11:16 am