काठमाडौं । नक्कली प्रमाणपत्र लिएर ठूलो संख्याका कथित डाक्टरहरुलाई हालै प्रहरीले पक्राउ गरेपछि नक्कली प्रमाणपत्र पेस गरी पाइलट बन्ने पनि पर्याप्त रहेको चर्चा हुन थालेको छ । यसरी नक्कली प्रमाणपत्र लिएर विमान उडाउनेमा नेपाल वायुसेवा निगमका एक जना पाइलटको नाम पनि चर्चामा आएको आजको समाचारपत्र दैनिकमा सुरेश तामाङले समाचार लेखेका छन् ।प्रसंग निगमका विमान चालक सुवास रिजालको हो । उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने कुरा निगमभित्रै चर्चामा आउन थालेको छ । रिजालको प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको स्रोतको दाबी छ। आदर्श सेवा विद्यालय इन्टर कलेज, वाराणसीबाट प्राप्त प्रमाणपत्रमा क्याप्टेन सुवास रिजालले इन्टरको परीक्षा सन् १९८७ मा पास गरेको उल्लेख छ । उनी सन् १९८५ मा सो शैक्षिक संस्थामा प्रवेश गरेका थिए ।
रिजालले पाएको चारित्रिक प्रमाण पत्रमा उमेर भने विक्रम संवत्मा लेखिएको छ । जबकि भारतमा इस्वी संवतमा यस्तो तिथि लेखिने गरिन्छ । यसले गर्दा पनि उनको प्रमाणपत्र नक्कली भएको आशंका उत्पन्न भएको छ ।





Comment