राष्ट्रिय सहकारी महासंघमा चुनाव लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय सहकारी महासंघमा चुनाव लाग्यो



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले नयाँ नेतृत्व सहितको पुस २४ र २५ गते २७ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष केशब बडालको अध्यक्षतामा आइतवार बसेको वैठकले साधारणसभाको मिति तय गरेको हो । सधारण सभाले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । महासंघको निर्वाचन निर्देशिका तयार गर्नका लागि सञ्चालक बद्री लम्सालको संयोजकत्वमा सञ्चालकहरु चन्द्रप्रसाद ढकाल र शिव डांगी सदस्य रहेको निर्वाचन निर्देशिका तयारी समिति गठन गरेको छ । महासंघमा ३ सय ३४ जिल्ला सहकारी संघ तथा केन्द्रीय संघ र राष्ट्रिय सहकारी बैंक सदस्य रहेका छन् ।

प्रतिनिधिकालागि सदस्य संघहरुले पुस १८ गते भित्र नविकरण गरीसक्नुपर्ने छ । वैठकले निर्वाचन सम्पन्न गर्नका लागि उच्च अदालत बार एशोसियसन पाटनका अध्यक्ष अधिवक्ता रामचन्द्र सिम्खडाको संयोजकत्वमा सहकारी विभागका प्रतिनिधी र महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सदस्य रहेको निर्वाचन उप–समिति गठन गरेको छ ।

प्रकाशित : २३ मंसिर २०७६, सोमबार ०७:५५