वरिष्ठ उद्यमी एवम् बैङ्कर नुरप्रताप राणाको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वरिष्ठ उद्यमी एवम् बैङ्कर नुरप्रताप राणाको निधन



काठमाडौ । वरिष्ठ उद्यमी एवम् बैङ्कर नुरप्रताप जङ्गबहादुर राणाको ७६ वर्षको उमेरमा आज निधन भएको छ ।

फोक्सोको समस्याबाट पीडित राणाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित फोर्डिस अस्पतालमा निधन भएको युनिभर्सल ग्रुपका मानव संसाधन प्रमुख सुरेन्द्र निरौलाले जानकारी दिए। स्वर्गीय राणा चर्चित गोल्ड स्टार जुत्ता र हात्तीछाप चप्पलका मालिक हुन्। उनी कुमारी बैंकका पूर्वअध्यक्षसमेत थिए।

स्वर्गीय राणाको लगानीमा अन्य ठूला उद्योगहरु समेत सञ्चालनमा रहेका छन् । उनको लगानीमा युनिभर्सल फार्मस्युटिकल्स औषधि उद्योग र त्रिशूल ग्याससमेत सञ्चालनमा छ। स्वर्गीय राणाको श्रीमती, दुई छोरा, एक छोरी हुनुहुन्छ ।

प्रकाशित : ११ चैत्र २०७२, बिहीबार १६:१७