सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त मर्ज हुने, बोलाए साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त मर्ज हुने, बोलाए साधारणसभा



काठमाडाै । सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्। मर्जर सम्बन्धी प्रस्ताव बारे छलफल गरी पारित गर्न लघुवित्तले पुस ५ गते साधारण सभा डाकेको छ।

लघुवित्तको साधारण सभा जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा बिहान ८ बजे सुरु हुनेछ। यसका साथै, बोनस वितरणपश्चात सूर्योदयले त्रिलोकलाई १ बराबर ०.९७ शेयर स्वाप अनुपातमा मर्ज गर्ने, मर्जरपश्चात सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट वित्तीय कारोबार गर्ने र बोनस वितरण तथा मर्जरपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभाले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको ४६.८१८७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रकाशित : १२ मंसिर २०७६, बिहीबार १२:३८