सदस्यको सेवामा अब्बल शिखर साकोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सदस्यको सेवामा अब्बल शिखर साकोस



बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था लि. (शिखर साकोस)ले सेवामा विविधीकरण र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । छिटो, छरितो र आधुनिक बैंकिङ सेवामा अब्बल रहेको शिखरले सदस्यको हितमा बढीभन्दा बढी सेवा दिने प्रतिवद्धता जनाएको हो ।


सोमबार सम्पन्न संस्थाको ९ औं साधारणसभामा अध्यक्ष दीपेन्द्र राउतले वित्तीय सुशासन कायम गर्दै सदस्यको सेवामा सर्मपित हुने बताए । संस्थाको पुँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबार र लगानीका हिसाबले संस्था बलियो हुँदै गएको र ढुक्क भएर कारोबार गर्न राउतले आग्रह गरे ।


‘नाफामुखी भन्दा पनि सेवामुखी संस्थाको रुपमा विकसित गर्दै आएका छौं’, अध्यक्ष राउतले भने, ‘सदस्यको सुख दुःखमा सेवा दिनु र संस्थाले अवलम्बन गरेको कार्यक्रम सदस्य माझ सेवा दिनु संस्थाको ध्येय हो ।’ कार्य क्षेत्रमा संस्था अब्बल बनाउनु र सदस्यको सेवा उत्कृष्ठ बनाउने प्रण रहेको उनले बताए ।


संस्थाले मोबाईल बैकिङ सेवा, एसएमएस सेवा, हप्ताको सातै दिन र दैनिक १२ घण्टा सेवा प्रदान गर्दै आएको छ । त्यस्तै विभिन्न अस्पताहरुसँग सहकार्य गरेर सहुलियतदरमा स्वास्थ्य सेवा, सदस्यको इन्सुरेन्स, राहत कोष, सदस्यमुखि सेवामुलक कार्य गर्दै आएको छ । सहरदेखि गाउँसम्म उच्च आर्थिक हैसियतदेखि सामान्य नागरिक पनि शिखरमा सदस्य बनेका छन् । संस्थाले सदस्य शिक्षा कार्यक्रम, रक्तदान कार्यक्रय, स्वास्थ्य शिविर, राहत रामग्री वितरण, सदस्य उद्यम विकास कार्यक्रम, ट्राफिक सचेतनाको साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।


संस्थामा हाल ७ हजार ६ सय ६० जना आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी चार करोड ४४ लाख रहेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा संस्थाले सदस्यबाट ४४ करोड ९२ लाख निक्षेप संकलन गरी ४६ करोड ४ लाख लगानी गर्न सफल भएको संस्थाका सचिव हिमालय प्रसाईले बताए । उक्त लगानीबाट संस्थाले एक करोड ८१ हजार रुपैयाँ खुदनाफा गर्न सफल भएको प्रसाईले बताए । संस्थाको कुल सम्पती ५४ करोड ४६ पुगेको र चालु आर्थिक वर्षमा ७५ करोड पु¥याउने लक्ष्य रहेको सचिव प्रसाईले बताए ।
एक सदस्य एक सहकारी र एकिकरणलाई समेत संस्थाले जोड दिएको अध्यक्ष राउतले बताए ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार १९:५५