मंसिर १२ गतेदेखि तीन दिनसम्म सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मंसिर १२ गतेदेखि तीन दिनसम्म सार्वजनिक विदा



काठमाडौं । भोलि अर्थात मंसिर १२ गते विहीवारदेखि तीन दिनसम्म सार्वजनिक विदा दिइएको छ । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको हो ।

पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार १७:४९