सुब्बा सापसंग कहाँबाट आयो १९ करोड ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सुब्बा सापसंग कहाँबाट आयो १९ करोड ?



अकुत सम्पत्ति आर्जनमा अर्का नायबसुब्बा थपिएका छन्– मदनप्रसाद गुप्ता । अख्तियारले मालपोत कार्यालय सिमराका तत्कालीन नासु गुप्ताविरुद्ध १५ करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाएको छ। उनी मालपोत कार्यालय कलैया बारामा दरबन्दी भई सिमरामा कार्यरत थिए।

२७ वर्षे जागिरेकालमा उनको खर्च तथा लगानीको तुलनामा आम्दानी कम देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए।

अख्तियारको अनुसन्धानले ४ करोड ५४ लाख रुपैयाँ मात्रै वैध आर्जन ठह¥याएको छ। यो सम्पत्ति तलब पारि श्रमिक, बचत, आय, घरजग्गा बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा, छोरा रकीको आय, घरबहाल आयसमेत गरी हो।

जम्मा १९ करोड ३६ लाख ६५ हजार खर्च तथा लगानी देखिएको प्रवक्ता कोइरालाले सुनाए। १४ करोड ८१ लाख ८९ हजारबराबरको सम्पत्ति स्रोत नखुलेको पाइएको छ।

गुप्ता २०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदार पदमा सेवा प्रवेश गरेका थिए। उनी २०६४ मा नासुमा बढुवा भएका हुन्।

उनले मालपोत पर्सा हुँदै सिमराका निमित्त प्रमुख भएर काम गरेका थिए। उनले आफू तथा आफ्नो परिवारका सदस्यसहित अन्य व्यक्तिका नाममा पनि दर्ता कायम रहने गरी घरजग्गा, सवारी साधन र व्यवसायलगायत विभिन्न शीर्षकमा खर्चरलगानी गरेको देखिएको छ।

अख्तियारले उनीसहित नौ जनाविरुद्ध मुद्दा दायर चलाएको हो। श्रीमती रीतादेवी, छोराहरू विक्की र रकी, अन्य कविता कुमारी, नीरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको कोइरालाले बताए।

उनीहरूविरुद्ध १० वर्षसम्म कैद सजाय र बिगोबमोजिमको सम्पत्ति जफत गर्न माग गरिएको छ। अख्तियारले गुप्ताविरुद्ध १५ करोड बिगो माग गरेको छ।

उनले पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो। नक्कली रसिदबाट राजस्व संकलन गरी राज्यकोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले गत जेठ १ गते नै गुप्ताविरुद्ध मुद्दा चलाएको थियो।

अख्तियारका अनुसार २०७४ कात्तिक २० देखि २०७५ साउन २८ सम्म ३ करोड ३७ लाख ९८ हजार ७४६ रुपैयाँ सक्कली रसिदबाट राजस्व संकलन भएको थियो।

त्यही अवधिमा नक्कली रसिद प्रयोग गरी १ करोड ३५ लाख ७० हजार २९४ रुपैयाँ राजस्व संकलन गरिएको थियो। ४ करोड ७३ लाख ६९ हजार ४० रुपैयाँमध्ये २ करोड ५० लाख ८६ हजार ६४० रकम सरकारी कोषमा दाखिला नगरेको अख्तियारको दाबी छ। आजको अन्नपुर्णबाट

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ०८:४३