२८ वटा वाणिज्य बैंकको वित्तीय विवरण : कसको अवस्था कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२८ वटा वाणिज्य बैंकको वित्तीय विवरण : कसको अवस्था कस्तो छ ?



काठमाडाै । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २८ वटै वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २७ वटा वाणिज्य बैंक र पुर्णतया सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक गरी २८ वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरण सार्वजनिक गरेका हुँन । हेराैँ संक्षेपमा कुन बैंकको अबस्था कस्तो ः

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको तुलनामा ०.७६ प्रतिशत वृद्धि गर्दै एक अर्ब १२ करोड ७५ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मुनाफा एक अर्ब ११ करोड ९० लाख ७४ हजार रुपैयाँ थियो । रेगुलेटरी रिजर्भबाट ४३ करोड २० लाख रुपैयाँ रिटेन गरेका कारण यस बैंकको खुद मुनाफाभन्दा वितरणयोग्य मुनाफा बढी छ । बैंकको वितरणयोग्य नाफा एक अर्ब ३० करोड ६३ लाख ११ हजार रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले एक अर्ब ९६ लाख ५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ३४.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ४४ करोड ८४ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

नविल बैंक

नविल बैंकले एक अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ६.७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब पाँच करोड २४ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ७४ करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले ८४ करोड ४४ लाख २१ हजार खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको तुलनामा १९.९३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब पाँच करोड ४६ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ४२ करोड ३७ लाख ७६ हजार रुपैयाँ मात्रै रहेको छ ।

हिमालयन बैंक
हिमालयन बैंकले ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको तुलनामा ६.८६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमसमा हिमालयनको नाफा ६४ करोड ९६ लाख ५८ हजार रुपैयाँ थियो । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १९ करोड ८८ लाख ४१ हजार मात्रै रहेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले गत आर्थिक वर्षको तुलनामा ४८.०६ प्रतिशत वृद्धि गर्दै ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५५ करोड पाँच लाख ५६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ५३ करोड ६१ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७५ करोड ३१ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ४०.५५ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २८ करोड ११ लाख ७३ हजार मात्रै रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड आठ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ९.०८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्टले ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ३० करोड ८४ लाख ७९ हजार मात्रै रहेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६५ करोड ९७ लाख ६७ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा १३.३८ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ करोड १९ लाख २९ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २२ करोड ८८ लाख ४३ हजार मात्रै रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ४१ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको तुलनामा झन्डै चार करोडले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा स्टान्डर्ड चार्टर्डले ६० करोड ५९ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

प्रभु बैंक

प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा बैंकको नाफा ५.०२ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको मुनाफा ५९ करोड ८४ लाख रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ५.५७ करोड रहेको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६० करोड ३७ लाख ४३ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ९.४८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमसमा कृषि विकास बैंकले ५५ करोड १४ लाख ६१ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २६ करोड १७ लाख ९५ हजार मात्रै रहेको छ ।

सानिमा बैंक
सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५१ करोड ८८ लाख खुद मुनाफा आर्जन गरेको बैंकको नाफा आठ करोडले बढेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २७ करोड ५४ लाख रहेको छ ।

नेपाल बैंक
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल बैंकले ५८ करोड १८ लाख २३ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३६.३३ प्रतिशतले घटेकोे हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९१ करोड ३८ लाख ८३ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ६५ करोड ६६ लाख ५४ हजार मात्रै रहेको छ ।

सिद्धार्थ बैंक
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकले ५२ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ लाख रुपैयाँले कम हो । बैंकको वितरणयोग्य मुनाफा १८ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

सनराइज बैंक
सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३७.०६ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १५ करोड ८३ लाख ६२ हजार मात्रै रहेको छ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ७२ लाख ३० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच करोडभन्दा बढीले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एसबीआईले ४८ करोड ९७ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले तीन महिनामा ४० करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ३३.३२ प्रतिशत बढी नाफा गरेको हो । गत आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकले ३० करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा भने १४ करोड ८६ लाख रुपैयाँ मात्रै रहेको छ ।

कुमारी बैंक
कुमारी बैंकले ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको भन्दा १४.२७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारीको नाफा ३५ करोड १८ लाख तीन हजार रुपैयाँ थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २५ करोड ४८ लाख ८९ हजार रहेको छ ।

जनता बैंक
जनता बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १३.९७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३२ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने १८.५३ करोड रहेको छ । ग्लोबल आईएमई बैंकसँग मर्ज हुन लागेको

सिटिजन्स बैंक
सिटिजन्स बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ९१ लाख ६९ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ८८ लाख ११ हजार खुद मुनाफा आर्जन गरेको बैंकको नाफा १८.५७ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २१ करोड ३ लाख ६५ हजार मात्रै रहेको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४० करोड १९ लाख ४६ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३२.६५ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३० करोड ३० लाख १७ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १९ करोड ९० लाख ६७ हजार मात्रै रहेको छ ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले ३८ करोड ३७ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ०.८ प्रतिशतले घटेकोे हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३८ करोड ६८ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १८ करोड ७६ लाख २१ हजार रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले ३७ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत वर्षको तुलनामा १.१६ प्रतिशत मात्रै बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको नाफा ३८ करोड चार लाख रुपैयाँ थियो । बैंकसँग १५ करोड पाँच लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले ३७ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा नौ करोड ६८ लाख बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सेञ्चुरीले २७ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १८ करोड सात लाख रुपैयाँ रहेको छ ।

सिभिल बैंक
सिभिल बैंकले १५ करोड ८९ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा १४.१० प्रतिशतले घटेको हो । गत आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड ५० लाख मुनाफा आर्जन गरेको थियो ।

प्रकाशित : १० मंसिर २०७६, मंगलवार ०८:४८