नेपाल र चीनबीच १० बुँदे सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल र चीनबीच १० बुँदे सम्झौता



काठमाडौं ।  नेपाल र चीनबीच १० बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा आज दुई देशबीच १० बुँदे सम्झौता भएको बेइजिङस्थित नेपाली दुतावासले जनाएको छ ।

प्रधानमन्त्री ओली र उनका चिनियाँ कमकक्षीबीचको भेटवार्तामा पारवहन तथा यातायात सम्झौतासमेत भएको हो । सम्झौतामा हुम्लाको हिल्सामा सुख्खा बन्दरगाह निर्माण गर्ने विषयसमेत रहेको छ । त्यस्तै नेपालमा ग्यास तथा इन्धन संशाधन अन्वेषणमा चीनले सघाउने विषयमा पनि समझदारी भएको छ ।

यसअघि चीनबाट इन्धन ल्याउन सम्झौता गरिने चर्चा व्यापक भए पनि सोमबारको भेटवार्तामा त्यस्तो सम्झौता भने हुन सकेन ।

प्रकाशित : ८ चैत्र २०७२, सोमबार ०७:२५