स्वदेशी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

स्वदेशी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । स्वदेशी लघुवित्तको प्रस्तावित लाभांश प्राप्त गर्न मंसिर ५ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको छ । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र १३ दशमलव २५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले १ दशमलव ७५ प्रतिशत नगद लाभांश समेत दिएको छ । यस वर्ष कम्पनीले ३५ प्रतिशत लाभांश दिने भएको हो ।

उक्त प्रस्ताव कम्पनीले मंसिर १६ गते वार्षिक साधारण सभा गरी पारित गर्दैछ । उक्त सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि बुक क्लोज गर्ने भएकाले ५ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

सभामा लाभांश बाहेक वार्षिक प्रतिवेदन पारित , अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँगको मर्जर र ४ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत छलफलका लागि तय भएका छन । सभा इटहरी सुनसरीमा हुनेछ ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार ०७:५९