बुधबार मन्त्रिपरिषद पुनर्गठन हुने, प्रधानमन्त्रीले भने,कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’,अन्यथा नलिनुहोला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बुधबार मन्त्रिपरिषद पुनर्गठन हुने, प्रधानमन्त्रीले भने,कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’,अन्यथा नलिनुहोला



काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफुले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको मन्त्रीहरुलाई जानकारी गराएका छन् । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले आफुले बुधवार मन्त्रिपरिषद्को पुनर्गठन गर्ने बताएका हुन् ।

बैठकमा ओलीले केहि मन्त्री दोहोरिने र केहि बाहिरिने भएकोले कसैले पनि अन्यथा नलिन मन्त्रीहरुलाई आग्रह गरेका छन् । उनले भोलि बुधबार सार्वजनिक कार्यक्रममा नजान समेत मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्।

सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको थियो ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार २०:३७