नेपालको पश्चिम क्षेत्रमा ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प जनजीवन त्रसित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपालको पश्चिम क्षेत्रमा ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प जनजीवन त्रसित



नेपालको पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुुुस गरिएको छ । सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा भूकम्पको धक्का महसुस भएको हो ।

मंगलबार साँझ सवा ७ बजे ठूलो भूकम्पको धक्का महसुस भएको हो । अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको हो ।

बझाङको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

भूकम्पको धक्काले जनजीवन त्रसित भएको जनाइको छ ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार २०:३०