अमेरिकी डलरको भाउ उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अमेरिकी डलरको भाउ उकालो लाग्यो



काठमाडौं । आज (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिभियदर बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ २६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ४४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय ७९ रुपैयाँ ५७ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ६८ पैसा रहेको छ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार ०८:२४