५ मंसीरदेखि उर्जा सम्मेलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

५ मंसीरदेखि उर्जा सम्मेलन



काठमाडौं। काठमाडौंमा यही ५ मंसीरदेखि उर्जा सम्मेलन हुने भएको छ। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले आज पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको छ।

सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञहरूले उर्जा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वेलगायतका मुलुकका विशेषज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तिय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरू संचालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि सम्मेलनमा छलफल हुने आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए।

क्षेत्रीय विद्युत् व्यापारका लागि विचार आदान प्रदानको साथै त्यससम्बन्धी औपचारिक र अनौपचारिक वार्ताहरू अघि बढाउन सम्मेलन बहुउपयोगी हुने विश्वास लिइएको छ। सम्मेलन ६ मंसीरसम्म चल्नेछ।

प्रकाशित : २ मंसिर २०७६, सोमबार १६:००