इलामको सन्दकपुर डाँडामा जान भारतीय एसएसबीले रोक्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

इलामको सन्दकपुर डाँडामा जान भारतीय एसएसबीले रोक्यो



काठमाडाैं । इलामको सन्दकपुर डााडामा भारतीय एसएसबीले जान रोक लगाएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर ३ हजार ६ सय ३६ मिटर उचाइको भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ।

एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खिच्न निषेध गरेको सूचना बोर्ड राखेको छ। यसअघि एसएसबीले सन्दकपुर डाँडामा जान घुम्न निषेध गरेको थिएन । केहि दिन अघि विद्यार्थीहरुले एसएसबीलाई समेत अटेर गरी भारतले कब्जा गरेको सन्दकपुर डाँडामा नेपाली झण्डा फहराएका थिए ।

नेपाली विद्यार्थीले नेपाली झण्डा फहराएपछि एसएसबीले झन कडाई गरेको छ । पहिले सन्दकपुर जाने बाटोमा मात्रै एसएसबी बसेको थियो भने अहिले सन्दकपुरको डाँडामा नै पुगेर एसएसबी बसेको छ । इलामको सन्दकपुर गाउापालिकाले नेपाली भूभाग सन्दकपुर डााडोमा भ्यु टावर बनाउन लाग्दा एसएसबीले अवरोध गरी कब्जा गरेको हो ।

सन्दकपुर जिल्लाकै सर्वाेत्कृष्ट पर्यटकीय गन्तव्य हो। सर्वाेच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका हिमाल यहााबाट अवलोकन गर्न सकिन्छ। बर्से्नि आउने हजारौं पर्यटकले यो स्थानबाट सूर्याेदय, सूर्यास्तलगायत दर्जनौं हिमशृंखला अवलोकन गर्छन्। तर एसएसबीको धम्कीपछि पर्यटक यो चुचुरोमा जान हच्किन थालेका छन्।

केही पर्यटक मात्र एसएसबीको आदेश बेवास्ता गरी सन्दकपुर डाँडामा पुग्ने गरेका छन्।दैनिकनेपालअनलाइनबाट

प्रकाशित : २ मंसिर २०७६, सोमबार ०८:०६