बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्याे (अपडेट) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्याे (अपडेट)



दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ ।सो दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । दोलखाको मागादेउरालीबाट काठमाडौं आउँदै गरेको शैलुंगेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो ।

दुर्घटनामा तीन महिने शिशुसहित ज्यान गुमाउनेको संख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको सनाखत भएको छ ।दुर्घटनामा भीमेश्वर नगरपालिका-९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका ३ की ५१ वर्षीया रत्नकुमारी रावत, त्यसै ठाउँकी तीन महिने शिशु सिसम तामाङ, सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाकी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरामी श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

त्यस्तै दुर्घटनामा घाइते भएका ५० जनाको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १७ कार्तिक २०७६, आईतवार १८:३७